अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपमा लेटाङ विजयी - Crazysaptahik.com

अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपमा लेटाङ विजयी

क्रेजी संवाददाता
कानेपोखरी । खेल आफ्नै पक्षमा भएपनि स्कोर गर्न नसक्दा अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कप २०७८ मा पथरीशनिश्चरे पराजित हुनुपर्याे।

कानेपोखरीमा जारी अन्तर पालिका स्तरीय अध्यक्ष कपको आज भएको खेलमा लेटाङ नगरपालिकाले १ को विरुद्ध २ गोल गर्दै पथरीशनिश्चरे माथि विजयी हासिल गरेको हो ।

खेल सुरुवातदेखि नै लेटाङ नगरपालिकामाथि पथरीशनिश्चरे नगरपालिकाको दबदबा रहेको थियो । तर, खेलको तारतम्य मिलिरहेको थिएन । खेलको १६ औं मिनेटमा पथरीशनिश्चरेका डिफेन्सहरुको गल्तीको फाइदा उठाउँदै लेटाङका सन्दिप मगरले सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाए । यस्तै दोस्रो हाफको ४७ औं मिनेटमा लेटाङका मोदी राईले लेफ्ट कर्नर साइटबाट प्रहार गरेको बलले उत्कृष्ट ढंगले जाली चुमेको थियो । खेलको अन्त्यतिर पथरीशनिश्चरेका तर्फबाट रोशन माझीले एक गोल गर्न सफल भए । अन्ततः लेटाङले १–२ गोल अन्तरले खेलमा बाजी मार्याे ।

खेलको म्यान अफ द म्याच विजेता टिमका गोलकिपर रक्की मगर घोषित भए । भोलिको खेल आयोजक कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिका बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको आयोजना कानेपोखरी खेलकुद परिषद्ले गरेको हो भने मुख्य सहयोगी कानेपोखरी गाउँपालिकाको रहेको छ । प्रतियोगितामा नव प्रगतिशील समाजसेवा क्लबले व्यवस्थापकीय सहयोग र जहदा भेट्रानले गरेको हो ।

खेलको विजेता टिमले नगद १ लाख र उपविजेताले ६० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत्र २० गते हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.