
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ३ मा गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत मुढा बुन्ने तालिमको यो वर्ष पनि निरन्तरता प्रदान भएको छ ।
लघु उद्यम शाखाको आयोजनामा १५ दिने तालिमको आज एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्दै ग्रामिण वस्तीको सशक्तिकरणका लागि सवै उद्यमशील वन्नुपर्नेमा जोड दिनुभयो ।
वडाध्यक्ष डम्बरबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लघु उद्यम शाखा प्रमुख हेमचन्द्र दहालले पनि मन्तव्य व्यक्त गर्नुभयो । गत वर्ष तालिम लिएकाहरुको स्तरोन्नतीका लागि थप तालिम प्रदान गरिएको हो ।

