
क्रेजी संवाददाता
कानेपोखरी । आयोजक कानेपोखरी गाउँपालिकाले केराबारी गाउँपालिकालाई टाइब्रेकरमा स्तब्ध पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार जहदामा भएको अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष फुटबल कपको तेस्रो खेलमा कानेपोखरी विजयी भएको हो ।
प्रतियोगितामा केराबारी गाउँपालिकालाई टाइब्रेकरमा ५ का विरुद्ध ६ गोल गर्दै कानेपोखरीले सेमिफाइनलको यात्रा तय गरहेको हो ।
खेलको पहिलो हाफको अतिरिक्त समयमा केराबारीका लागि नेतेश लिम्बुले पहिलो गोल गरेका थिए । यस्तै खेलको ४३ औं मिनेटमा कानेपोखरी गाउँपालिकाका तर्फलाई अभिषेक बस्नेतले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुवै तर्फबाट १–१ गोल भएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

खेलको म्यान अफ दि म्याच केराबारीका प्रवेश बस्नेत घोषित भए । बस्नेतलाई स्थानीय समाजेवी भोजकुमार राईले १५ सय रुपैयाँ नगद सहित ट्रफी र मेडल हस्तान्तरण गरेका थिए ।
आजको खेल इटहरी उपमहानगरपालिका र उर्लाबारी नगरपालिकाका बीच हुने आयोजकले जानकारी दिएको छ ।

