आयोजकलाई हराउँदै मच्छिन्द्र केपी ओली कपको फाइनलमा - Crazysaptahik.com

आयोजकलाई हराउँदै मच्छिन्द्र केपी ओली कपको फाइनलमा

मच्छिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसीलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो ।

एन्फा कम्प्लेक्समा मच्छिन्द्रलाई जित दिलाउन विमल घर्ती मगरले निर्णायक गोल गरे । विमलले खेलको १९ औँ मिनेटमा गोल गरेका थिए । अब मछिन्द्रले उपाधिका लागि सातदोबाटो युथ क्लबसँग खेल्नेछ । फाइनल खेल आज हुनेछ ।सातदोबाटो त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनल पुगेको हो ।

सम्बन्धित खवर