मोरोक्कोका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप - Crazysaptahik.com

मोरोक्कोका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

मोरोक्कोका डिफेन्डर अच्राफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डरलाई २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको हो । हाकिमीलाई उनको घरमा नै बलत्कार गरेको ती महिलाले आरोप लगाएकी छन् ।

हाकिमीले फेब्रुअरी २५ मा उनको घरमै आफुलाई बलात्कार गरेको आरोप लगाएकी हुन् । हाकिमीमाथि लागेको बलात्कार आरोपलाई भने त्यहाँको पुलिसलाई जानकारी गराए पनि प्रहरीले निवेदन दर्ता नगरेको बीबीसीमा उल्लेख छ । हाकिमीलाई लागेको आरोपमाथि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ ।

सम्बन्धित खवर