म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा - Crazysaptahik.com

म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटी अघि बढेको हो । एस्टन गेट ब्रिस्टलमा मंगलबार राति भएको खेलमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

७४ औं मिनेटमा फोडेनले जुलियन अल्भारेजको पासमा दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे भने त्यसपछि ८१ औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।

सम्बन्धित खवर