टोरिनोसँग युभेन्टसको रोमाञ्चक जीत - Crazysaptahik.com

टोरिनोसँग युभेन्टसको रोमाञ्चक जीत

राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४–२ गोल अन्तरले हराएको हो । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा टोरिनोले सुरुवाती अग्रता बनाएको थियो । टोरिनोका लागि खेलको दोस्रो मिनेटमा यान कारामोहले गोल गर्दै अग्रता दिलाएका थिए ।युभेन्ट्सका लागि खेलको १६ औं मिनेटमा जुआन काउड्राडोले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।

खेलको ४३ औं मिनेटमा एन्टोनियो सानाब्रियाले गोल गर्दै टोरिनोलाई २–१ को अग्रता दिलाए । युभेन्ट्सका लागि पहिलो हाफको इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई २–२ को बराबरीमा ल्याए । पहिलो हाफमा २–२ गोलको बराबरी खेलेको युभेन्ट्सले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

खेलको ७१ औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई ३–२ गोलको अग्रता दिलाए । युभेन्ट्सका लागि खेलको ८० औं मिनेटमा एड्रिन राबिओटले गोल गर्दै टिमलाई ४–२ को जित दिलाए । जितसँगै युभेन्ट्सले २४ खेलमा ३५ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । टोरिनो ३१ अंक जोडेर नवौं स्थानमा छ ।

सम्बन्धित खवर