लेस्टर सिटी एफए कपबाट बाहिरियो - Crazysaptahik.com

लेस्टर सिटी एफए कपबाट बाहिरियो

प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणबाट बाहिरिएको छ । मंगलबार राति भएको खेलमा ब्लाकवर्न रोभर्ससँग २–१ गोल अन्तरले पराजित हुँदै लेस्टर बाहिरिएको हो । लेस्टरको घरेलु मैदानमा भएको खेलमा ब्लाकवर्नले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ३३ औं मिनेटमा डोलानले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा सामेइ जमोडिसले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । लेस्टरका लागि खेलको ६७ औं मिनेट केलिची इहानाचोले गोल गरेपनि लेस्टरलाई जित दिलाउन सकेनन् ।

सम्बन्धित खवर