अनेरास्ववियु पथरी बहुमुखीको अध्यक्षमा रोशन कटुवाल - Crazysaptahik.com

अनेरास्ववियु पथरी बहुमुखीको अध्यक्षमा रोशन कटुवाल


क्रेजी संवददाता
पथरी।
नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिध्यार्थी युनियन (अनेरास्ववियु)को पथरी बहुमुखी क्याम्पस इकाई कमिटि पुनरगठन भएको छ । बुधबार पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रमले अनेरास्ववियुको अध्यक्षमा रोशन कटुवाललाई चुनेको हो ।

त्यस्तै गरि उपाध्यक्षमा छिरिङ शेर्पा र मोनिका न्यौपाने, सचिव सौरभ पौडेल, सहसचिव शिब पोख्रेल, अस्मिता खतिवडा, अभिषेक अधिकारि, बिनोद कार्की, कोशाध्यकक्ष सुधिर अधिकारी सदस्यहरु अरुन राई, जिवन खत्री, सुमन भण्डारी, प्रसान्त दाहाल, अंकीत कार्की, जेबी खड्का, अस्मिता कार्की, गोमा धमला, अनिस उप्रेती, मनिस गौतम, निरान खनाल, रबिना पोख्रेल, प्रविन पोख्रेल, उत्सव चौहान, प्रज्वल कार्की लगायत ४१ सदस्य कमिटि गठन भएको हो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय स्थाईकमिटि सदस्य निता राई, मोरङ जिल्ला उपाध्यक्ष रुपेस खड्का, जिल्ला सहसचिव संगम संग्रौला, राष्ट्रिय युवा संग नेपाल प्रदेश नम्बर १ प्रचार विभाग उपप्रमुख ईस्वर दुलालको उपस्थिती रहेको थियो ।

नव गठित कमिटिलाई स्थाईकमिटि सदस्य राईले सफत ग्रहण गराएकी थिईन् ।

सम्बन्धित खवर