क्रेजी संवादाता । उर्लाबारी, उर्लाबारीको मुख्य चौकको ट्याक्सी स्टेण्ड छेउमा सुविधासम्पन्न होटल संचालनमा आएको छ । न्यु सम्राट होटल एण्ड लजको बुधबारबाट सेवा सुरु भएको हो । एक कार्यकमकबीच उर्लाबारी उद्योग वाणिज्य संघका उद्योग सचिव डिल्ली खतिवडा र उर्लाबारी ५ का वडाध्यक्ष रविन लामाले रिवन काटेर होटलको संयुक्त रुपमा उद्घाटन गरे ।
उद्योग सचिव खतिवडाले उर्लाबारी चौकमा एउटा राम्रो होटलको आवश्यक्ता न्यु सम्राटले महशुस गराएको बताए । उहाँले अब आगन्तुकलाई बास बस्नसमेत समस्या नहुने उल्लेख गरे । यस्तै, वडाध्यक्ष लामाले छरितो कार्यक्रम गर्न न्यु सम्राट होटल उपयोगी रहेको धारण राखे ।
उर्लाबारी ५ का धनबहादुर तामाङले नयाँ साजसज्जाका साथ न्यु सम्राट होटल संचालनमा ल्याएका हुन् । एक दशकसम्म बेदेशिक रोजगारको शिलशिलामा दुबईमा रहेका तामाङले विदेशमा सिकेको शीपलाई होटल संचालनमा खर्चिएको बताए । उनका अनुसार अनुभवी कुकद्वारा तयार पारिएका डायनामिक चिकन, मंगोलियन चिकनका स्वादहरु होटलका विशेषता हुन् ।
यसका अलवा थकाली खाना सेट, अमेरिकी चप्सी, हाँस र खसीको छोयला, पिजा बर्गर, लगायत नेपाली, इटालियन र इण्डियन खानाका सम्पुर्ण परिकारहरु सुपथ मुल्यमा पाइने होटल संचालक तामागंले जानकारी दिए । होटलमा ग्राहकका लागि डिलक्स एसी रुमको व्यवस्था छ भने बैठक, सेमिनार, वर्थ डे हलको समेत ब्यवस्थापनि व्यवस्था रहेको छ । होटलमा पूर्ण पारिवारिक वातावरण उपलब्ध गराइने सञ्चालक तामाङले बताए ।