डब्लूपीएलमा हरमनप्रितले मुम्बईको नेतृत्व गर्ने - Crazysaptahik.com

डब्लूपीएलमा हरमनप्रितले मुम्बईको नेतृत्व गर्ने

भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रित कौरले पहिलो महिला प्रिमियर लिगमा मुम्बई ईन्डियन्सको नेतृत्व गर्ने भएकी छन् । प्रतियोगिता मार्च ४ बाट मुम्बईमा सुरु हुँदैछ । मुम्बईले खरिद गरेको सबैभन्दा महँगो खेलाडीमा हरमनप्रित नपरे पनि उनले नै टोलीको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो ।

उनको टोलीमा नाट स्काइभर ब्रन्ट, हेली म्याथ्युज र अमेलिया केरजस्ता चर्चित अन्तर्राष्ट्रिय खेलाडी समावेश रहेका छन् । मुम्बईले हरमनप्रितलाई १.८ करोड भारुमा खरिद गरेको थियो भने सबैभन्दा महँगोमा स्काइभरलाई ३.२ करोड र पूजा भास्ट्राकरलाई १.९ करोड भारुमा खरिद गरेको थियो ।

हरमनप्रितको नेतृत्वमा भारत पछिल्ला तीन टी२० विश्वकपको नकआउटमा पुगेको छ । सन् २०२० मा अस्ट्रेलियामा भएको विश्वकपमा टोली फाइनलसम्म पुगेको थियो । गत महिना दक्षिण अफ्रिकामा भएको विश्वकपमा भारत च्याम्पियन बनेको अस्ट्रेलियासँग सेमिफाइनलमा ५ रनले पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय टी२० मा १५० खेल खेल्ने उनी एक्लो खेलाडी (महिला पुरुष दुवैमा) हुन् । उनीपछि भारतकै रोहित शर्माले १४८ खेल खेलेका छन् ।

सम्बन्धित खवर