मछिन्द्रलाई केपी ओली कपको उपाधि - Crazysaptahik.com

मछिन्द्रलाई केपी ओली कपको उपाधि


दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो । खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ । उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ । पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे ।

सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे । सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रले बचायो ।

सम्बन्धित खवर