एफए कपमा स्पर्स स्तब्ध - Crazysaptahik.com

एफए कपमा स्पर्स स्तब्ध

प्रिमियर लिग टोली टोटनहम हटस्पर्स एफए कपको पाँचौँ चरणमा च्याम्पियन्ससीप टोली सेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ । बुधबार राति भएको खेलमा स्पर्स १–० गोलले पराजित भएको थियो । खेलमा स्पर्सले सुरुवाती ११ मा ६ वटा परिवर्तन गरेको थियो ।

क्लबका सर्वकालीन गोलकर्ता ह्यारी केन अतिरिक्त खेलाडीका रुपमा राखिएको थियो । चेल्सीलाई २–० गोलले हराएर आएको स्पर्सले बुधबार भने निराश खेल प्रदर्शन गरेको थियो । लिमान एनडिआयेले खेलको अन्त्यतिर गोल गर्दै सेफिल्डलाई जीत दिलाए । पराजयसँगै अब स्पर्ससँग १५ वर्षको उपाधिको खडेरी अन्त्य गर्न अब च्याम्पियन्स लिगमात्र बाँकी रहेको छ ।

सम्बन्धित खवर