एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी फेन्टेनको निधन - Crazysaptahik.com

एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी फेन्टेनको निधन

सन् १९५८ फिफा विश्वकपमा १३ गोल गर्ने फ्रान्सका स्ट्राइकर जस्ट फन्टेनको निधन भएको छ । एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउने स्ट्राइकर फन्टेनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

फन्टेनले स्वीडेनमा भएको सन् १९५८ को विश्वकपमा फ्रान्सका लागि फन्टेनले ६ खेलमा १३ गोल गरेका थिए । फन्टेनले सन् १९५३ देखि १९६० सम्म फ्रान्सका लागि २१ खेल खेल्दै ३० गोल गरेका थिए ।

व्यावसायिक फुटबलमा भने उनले अधिकांश समय रिम्समा बिताएका थिए । रिम्सामा उनले १५२ खेलमा १४५ गोल गरे । फेन्टेनले सन् १९९६ मा २८ वर्षकै उमेरमा संन्यास लिएका थिए ।

सम्बन्धित खवर