यूएईविरुद्ध कप्तान देव खनालको अर्धशतक - Crazysaptahik.com

यूएईविरुद्ध कप्तान देव खनालको अर्धशतक

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध नेपालका कप्तान देव खनालले अर्धशतक बनाएका छन् । आजमानमा रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि देवले २६ औं ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन् ।

देवले ७५ बल खेल्दै ३ चौका र १ छक्कामा अर्धशतक बनाए । समग्रमा ५१ रन बनाएर खनाल आउट भएका छन् । खेल नेपालका लागि निर्णायक छ । आजको खेलमा नेपालले जित निकाल्न सकेमा सन् २०२४ मा श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

सम्बन्धित खवर