मेस्सीले दिए विश्वकप विजेता टिमका सहकर्मीलाई गोल्डेन आइफोन उपहार - Crazysaptahik.com

मेस्सीले दिए विश्वकप विजेता टिमका सहकर्मीलाई गोल्डेन आइफोन उपहार

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप २०२२ को उपाधि जित्दा रहेका टिमका सहकर्मीहरुलाई गोल्डेन आइफोन उपहार दिएका छन् । मेस्सीले टिमका सहकर्मी र स्टाफहरुलाई गरी ३० जनालाई आइफोन उपहार दिएको ‘दी सन’ले उल्लेख गरेको छ ।

मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ को कतार विश्वकपको उपाधि जितेको थियो । उक्त खेलमा मेस्सी उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसैको सम्झना स्वरुप सबै टिमका खेलाडी र स्टाफलाई उनले आइफोन बाडेका हुन् । मेस्सीले दिएको आइफोनमा जनु खेलाडीलाई दिएको उनको नाम र नम्बर सहित अर्जेन्टिनाको लोगो पनि राखिएको छ ।

सम्बन्धित खवर