यूएईले दियो नेपाललाई २०८ रनको लक्ष्य - Crazysaptahik.com

यूएईले दियो नेपाललाई २०८ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनायो ।

यूएईका लागि आसिफ खान र रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । आसिफले ९९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए । त्यस्तै ७६ बल खेलेका मुस्तफाले २ चौकाको सहयोगमा ५२ रन बनाए । यूएईका आर्यन लाकरले २८ रन बनाउँदा चन्दकोपियल रिजवानले २२ रनको योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । त्यस्तै करण केसी, आसिरफ शेख र कुशल मल्लले एक–एक विकेट लिए । आजको खेलमा नेपाल जित निकाल्दै लिग–२ मा आफूलाई बलियो बनाउने योजनामा छ ।

नेपाललाई विश्वकप छनोट हुन अब बाँकी ६ खेलमा जित निकाल्न आवश्यक छ । नेपालले एकदिवसीय मान्यता प्राप्त गर्न अब चार खेल जित्न आवश्यक छ ।

सम्बन्धित खवर