लिग–२ : नेपालको खराब सुरुवात - Crazysaptahik.com

लिग–२ : नेपालको खराब सुरुवात

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय खेलमा घरेलु टोलीविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ७ आभेरको समाप्तिमा ३ विकेट गुमाएर ४५ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्ल र कप्तान रोहित कुमार पौड्यले बोल्ड आउट भए । अहिले नेपालका लागि क्रिजमा आसिफ शेख र कुशल मल्ल छन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनाएको थियो ।

सम्बन्धित खवर