कोशी नाम खारेज गर्न माग गर्दै पथरीमा सडक जाम - Crazysaptahik.com

कोशी नाम खारेज गर्न माग गर्दै पथरीमा सडक जाम

क्रेजी संवादाता
मोरङ । छापामार शैलीमा प्रदेशको नाम कोशी राखिएको भन्दै खारेजीको माग गर्दै बिहिबार मोरङको पथरीशनिश्चरे १ स्थित मुख्य सडक १ घण्टा अवरोध गरेका छन् । कोशी प्रदेश नाम खारेजीको माग गर्दै किरात राई यायोक्खा मोरङको आयोजनामा सडक जामसहित विरोध प्रदर्शन गरेका हुन् ।

यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, उपमहासचिव अर्जुन जम्नेली राई, सदस्य नरहाङ राई, सामाजिक राजनीतिज्ञ युवा लोकसागर साम्बा, बिकार चाम्लिङ, जोन सुब्बा, आदिबासी जनजाति महासंघ नगर अध्यक्ष देबेन्द्र वनेम, यायोक्खा जिल्ला अध्यक्ष केदार राई, सचिव काशीहाङ राई लगायत बिभिन्न संगठनका नेता कार्यकर्ताहरुको सहभागितामा विरोध प्रर्दशन भएको हो ।

कोशी प्रदेश खारेज गर, किरात लिम्बुवान घोषणा गर, किरात प्रदेश घोषणा गर लगायतको प्लेकार्ड र यायोक्खा झण्डा प्रदर्शन गर्दै नारा जुलुससहित पूर्ब पश्चिम मुख्य सडक जाम गरेका थिए । मुख्य सडकमै प्रदर्शन हुँदा विहान १० देखि ११ बजेसम्म सडक जाम भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले मुख्यमन्त्री हिक्मत कार्कीसहित चार दलका चार नेताहरुले छापामार शैलीमा जनताले नरुचाएको कोशी प्रदेश पारित गरेको बताए ।

प्रदेशको नाम जवरजस्ति कोशी राखेर प्रदेश सरकार आफैले विद्रोहको आव्हान गरेको बताएका छन् ।प्रदेश सभा सदस्यहरुको सांसद र मन्त्री पद खाइदिने, भविश्यमा अवसरबाट वञ्चित गर्ने धम्की दिएर जवरजस्ति कोशी नाममा भोट लगाउन लगाएको बक्ताहरुले बताएका थिए ।

सदनमा २ दिन मात्र स्वतन्त्र रुपमा छलफल गराएको भए कोशी खारेजी भएर किरात, लिम्बुवान वा सगरमाथा पासहुने राईले बताए । छलफलको समय राखिएको भए आन्दोलनकारी शक्तिले प्रदेश सभा नै प्रत्यक्ष प्रभाव पार्ने बुझेर छापामार शैली अपनाएको भन्दै विस्तारै प्रदेशमा आगो लाग्ने बताए । महेन्द्रकालीन कोशी प्रदेशको खारेजीको लागि किरात, लिम्बुवान, खम्बुवान, कोशिचा, धिमाल, दलित, मधेशी, मुश्लिम, प्रगतिशल खस आर्य युवाहरु जाडिदै आन्दोलन चर्किने बक्ताहरुको तर्क थियो ।

किरात कुनै जाति नभएर कैलाश पर्वत, कैरातहुँदै किरात भूगोल भएको तर यो शब्द प्रदेशबासीले अपनत्व वा साझा मनोविज्ञानको रुपमा दिदै आएको बताए । किरात, लिम्बुवान वा पहिचान र भूगोललाई जोडेर नाम राखिएको भए युवाहरु प्रदेशको संमृद्धि तिर लाग्ने अवस्था भएपनि देशको संमृद्धि र शुसानको लागि एउटा पुस्ताले आन्दोलनमै जीवन विताउनु पर्ने अवस्था आएको बताए ।

हिजोको विरोध प्रदर्शन स्वतह स्फुर्त भएकोले आगामी दिनमो व्यवस्थित हुँदै जाने यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राईले बताए ।

सम्बन्धित खवर