पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल - Crazysaptahik.com

पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल


आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।

सिरिजमा एक जित र एक हार ब्यहोर्यको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ । नेपालले एकदिवसीय मान्यता जोगाउनेसँगै विश्वकप छनोटमा पुग्ने दुबै दबाब छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले हराएको थियो ।

लिग–२ मा नेपाल ३० खेलबाट २८ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । पीएनजी ३० खेलमा ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.