लिग–२ : पीएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य - Crazysaptahik.com

लिग–२ : पीएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले नेपालाई १८० रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनायो ।

पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै हिरी हिरीले ३१ रन बनाउँदा प्लिन दोरीगाले २६ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह एरीले दुई–दुई विकेट लिए ।

त्यस्तै करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक–एक विकेट लिए । सिरिजमा एक जित र एक हार ब्यहोर्यको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।नपालले एकदिवसीय मान्यता जोगाउनेसँगै विश्वकप छनोटमा पुग्ने दुवै दबाब छ ।

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले हराएको थियो ।लिग–२ मा नेपाल ३० खेलबाट २८ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । पीएनजी ३० खेलमा ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।

सम्बन्धित खवर