कोपा डेल रेको पहिलो लेगमा बार्साले रियललाई हरायो - Crazysaptahik.com

कोपा डेल रेको पहिलो लेगमा बार्साले रियललाई हरायो

लगातार दुई खेलमा पराजयपछि पुनरागमन गर्दै बार्सिलोनाले कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई उसैको घरेलु मैदानमा हराएको छ । खेलको पहिलो हाफमा एडर मिलिटाओले गरेको आत्मघाती गोल नै खेलमा निर्णायक बन्यो ।

स्यान्टियागो बर्नेबेउमा घरेलु टोलीले खेलमा नियन्त्रण बनाउँदै गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । ज्याभीको टोलीले रक्षात्मक खेल प्रदर्शन गर्दै रियलको आक्रमणलाई विफल बनाएको थियो । अब दोस्रो लेग अप्रिल ५ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

सम्बन्धित खवर