रोनाल्डिन्होका छोरा बार्सिलोनामा अनुबन्ध - Crazysaptahik.com

रोनाल्डिन्होका छोरा बार्सिलोनामा अनुबन्ध

ब्राजिल तथा बार्सिलोनाकापूर्वस्टार खेलाडी रोनाल्डिन्होका छोरा जाओ मेन्डेस बार्सिलोनाको यू–१९ टोलीमा अनुबन्ध भएका छन् । क्याटलान क्लब बार्सिलोनाले मेन्डिसलाई अनुबन्ध गरेको जानकारी दिँदै उनी लामो समयदेखि बार्सिलोनाको ए टिमसँग प्रशिक्षण गरिरहेको बताइएको छ ।उनको सफल ट्रायलपछि बार्सिलोनाले अनुबन्ध गर्ने निर्णय गरेको हो ।

मेन्डिसले एक वर्षसम्मको सम्झौता गरेका छन् । १८ वर्षीय मेन्डिस १९ वर्ष पूरा भएसँगै सम्झौता रद्द हुनेछ ।रोनाल्डिन्होले पनि बार्सिलोनामा रहेर २०७ खेल खेल्दै ९४ गोल गरेका थिए । उनले बार्सिलोनालाई च्यम्पियन्स लिग र ला लिगाको उपाधि पनि दिलाएका थिए ।

सम्बन्धित खवर