सिम्रिक सहकारी द्वारा २ सय शेयरसदस्यहरुलाई बीउ बिजन वितरण - Crazysaptahik.com

सिम्रिक सहकारी द्वारा २ सय शेयरसदस्यहरुलाई बीउ बिजन वितरण

क्रेजी संवाददाता
पथरी। सिम्रिक वचत तथा ऋण सहकारी संस्था लिमिटेट पथरी साखाले सहकारी शिक्षा तालिम तथा कृषि तालिम संचालन गरेको छ । संस्थाको शिक्षा उपसमिति द्वारा आफ्ना शेयरसदस्यहरुका लागि शुक्रबार वाम्बुले राई पार्टी प्यालेसमा एक दिवसीय सहकारी कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, पथरीशनिश्चरे कृषि शाखाका टिकादेवी राई,पथरी साखाको साखा प्रमुख सौरभ भण्डारी, शिक्षा समिति सदस्य वद्रि प्याकुरेल,प्रहरी चौकी कुसेका प्रतिनिधि निर्मला योगी, कर्जा जोखीम विभाग प्रमुख प्रेम बस्नेत, आई.टि. विभाग विजय पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

शिक्षा उपसमिती संयोजक मेहरमान बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ सय जना शेयरसदस्यहरुलाई विभिन्न प्रकारका मौषमी बीउ बिजन वितरण गरिएको थियो ।

सम्बन्धित खवर