’ए’ डिभिजन लिग : नवप्रवेशी टिम खुमलटारको विजयी सुरुवात - Crazysaptahik.com

’ए’ डिभिजन लिग : नवप्रवेशी टिम खुमलटारको विजयी सुरुवात

एफसी खुमलटारले सहिद स्मारक ’ए’ डिभिजन लिग २०७९ मा विजयी सुरुआत गरेको छ ।शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरे ।ओलुमोउले खेलको ८९ औं मिनेटसम्म गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै खुमलटारले पहिलो खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्सले हारबाट लिगको सुरुआत गरेको छ ।

सम्बन्धित खवर