ए डिभिजन लिगमा अशक्त र जेष्ठ नागरिकले निःशुल्क प्रवेश गर्न पाउने - Crazysaptahik.com

ए डिभिजन लिगमा अशक्त र जेष्ठ नागरिकले निःशुल्क प्रवेश गर्न पाउने

सहिद स्मारक ए डिभिजन लिगका सम्पूर्ण खेलहरुमा अपाङ्ग तथा जेष्ठ नागरिकहरुका लागि निःशुल्क गर्ने भएको छ । लिग भइरहेका तीनवटै स्टेडियम प्रवेश पाउन अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निःशुल्क प्रवेश गर्न पाइने एमडीएसी स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले बताए ।

फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन लिगमा दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा खेल भइरहेका छन् । लिगको टिकटको मूल्य सामान्य प्याराफिटतर्फको रु. १०० र भीआईपी प्याराफिटतर्फको रु. ३०० तोकिएको छ ।

सम्बन्धित खवर