भूपूको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती - Crazysaptahik.com

भूपूको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित भूपू सैनिक अंग्रेजी स्कुलको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाएको छ ।

सार्वजनिक शैक्षिक गुठीको रुपमा पथरीशनिश्चरे–१ मा स्थापित सो विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर रानाले अध्यक्षता गरेको सो कार्यक्रममा पहिलो संविधानसभाका सभासद् चण्डीप्रसाद राई, मोरङ क्षेत्र नं ३ ‘क’का कोशी प्रदेश सांसद् मान बहादुर लिम्बु, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो, सेनानी थलाहा ब्यारेक, मोरङका प्रमुख अमृत थापा मगर, इ.पि. सेन्टर पुर्वी पृतना इटहरीका प्रमुख ध्रुव दाहाल, नगरपालिकाका शिक्षा शाखा प्रमुख शालीग्राम काफ्ले, भारतीय दुतावास, पेन्सन पेइङ अफिस धरानका मेजर भरत कनौजिया, प्याब्सन कोशी प्रदेशका सह सचिव समेत रहेका वाल्मीकि अंग्रेजी माध्यमिक विद्यालयका निर्देशक नबोल किशोर खनाल, प्याब्सन केन्द्रीय कार्यसमितिका केन्द्रीय सदस्य केदार खनाल, इलाका प्रहरी कार्यलय पथरीका प्रमुख प्रहरी नायव उपनिरीक्षक लक्ष्मी भण्डारी लगायतका अतिथिहरूको उपस्थिति थियो ।

स्कुलको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीका अवसरमा संघीय संसदका सदस्य तथा मोरङ क्षेत्र नं ३ का सांसद डाक्टर सुनिल शर्मा प्रमुख अतिथि रहनुभएको थियो ।
वि .सं .२०६७ का एस. एल. सी. ब्याच उत्तीर्ण विद्यार्थीहरूले २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको उपलक्ष्यमा आफूले अध्ययन गरेको ‘विद्यालयको फोटो मायाको चिनो स्वरुप प्रदान गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक उपेन्द्र कँडेलले पथरीशनिश्चरे नगरपालिकामा रही खोजमूलक पुस्तकहरू प्रकाशन गर्नुहुने लेखक दिपेन्द्रराज तिमल्सिना, शैक्षिक अभियान्ता भुवनेश्वर पोख्रेल, विद्यालयका १४ जना गुठीयार तथा सामाजिक व्यक्तित्वहरूलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

पूर्व शिक्षक तथा कर्मचारीहरू समेत पुरस्कृत रहेको कार्यक्रममा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीले विभिन्न राष्ट्रिय तथा विविध संस्कृति झल्किने गायन, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर