पीएनजीविरुद्ध यूएई ९७ रनमा अल आउट - Crazysaptahik.com

पीएनजीविरुद्ध यूएई ९७ रनमा अल आउट

आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले घरेलु टोली यूएईलाई ९७ रनमा अल आउट गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा पीएनजीका बलर राइली हिरुकेको सानदार बलिङमा पीएनजीले यूएईद्धारा ९८ रनको लक्ष्य पाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट हुँदै ९७ रन मात्र बनायो । यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन बनाए । आसिफ खानले ११ तथा कप्तान सीपी रिजवानले १० रन बनाए ।

पीएनजीका लागि राइलि हिरुकेले सर्वाधिक ५ विकेट हात पारे । लिग २ मा युएई ३० खेलमा ३१ अंकका साथ पाँचौं स्थानमा छ । पीएनजीको ३१ खेलमा ७ अंकका साथ पुछारमा छ ।

सम्बन्धित खवर