न्युक्यासललाई हराउँदै म्यानचेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेको छ । शनिबार साँझ भएको खेलमा सिटी २–० गोलले पराजित गरेको छ ।खेलको १५ औँ मिनेटमा फिल फोडेनले उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
६७ औँ मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । जीतसँगै सिटी आर्सनलभन्दा मात्र दुई अंकले पछि रहेको छ । २६ खेलबाट सिटीको ५८ अंक रहेको छ । उता हारपछि न्युक्यासल ४१ अंकसहित पाँचौ स्थानमा सीमित भएको छ ।