बोर्नेमाउथविरुद्ध आर्सनलको उत्कृष्ट पुनरागमन - Crazysaptahik.com

बोर्नेमाउथविरुद्ध आर्सनलको उत्कृष्ट पुनरागमन

दुई गोलले पछि परेको स्थिति उल्टाउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बोर्नेमाउथविरुद्ध शानदार पुनरागमन गरेको छ । शनिबार राति भएको खेलमा आर्सनल ३–२ गोलले विजयी बनेको हो ।

खेलमा ९.११ सेकेण्डमा नै आर्सनल एक गोलले पछि परेको छ । फिलिप बिलिङले बोर्नेमाउथलाई अप्रत्यासित अग्रता दिलाएका थिए । प्रिमियर लिगको इतिहासमा यो दोस्रो चाँडो गोल थियो ।

यसअघि सेन लङले सन् २०१९ मा साउथह्याम्पटनका लागि वार्टफोर्डविरुद्ध ७.६९ सेकेण्डमा गोल गर्न सफल भएका थिए । ५७ औँ मिनेटमा मार्को सेनेसीले टोलीको अग्रता दोब्बर बनाए ।

तर ६२ औँ मिनेटमा थोमास पार्टलेले एक गोल फर्काएपछि आर्सनल खेलमा फर्कियो । लगत्तै बेन वाइटले बराबरी गोल गरे । इन्जुरी समयमा रेइस नेल्सनले उत्कृष्ट गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

जीतसँगै आर्सनलले शीर्ष स्थानमा पुनः ५ अंकको अग्रता कायम गरेको छ । सिटीले शनिबार नै न्युक्यासललाई हराउँदै आर्सनलमाथि दबाब बढाएको थियो । बोर्नेमाउथ भने २१ अंकसहित लिगको पुछारमा रहेको छ ।

सम्बन्धित खवर