पाकिस्तानी बलर सोहेल तनवीरको उनको अनौठो बलिङ एक्सनका लागि चिनिन्छन् । सोमबार उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय सोहेलले ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । तनवीरले पाकिस्तानको राष्ट्रिय टोलीका लागि ६२ एकदिवसीय खेल खेल्दै ७१ विकेट लिएका छन् ।
त्यस्तै, ५७ टी–२० मा उनले ५४ विकेट लिएका छन् । मात्र २ टेस्ट खेलेका उनले ५ विकेट लिए । तनवीरले आफ्नो करियरमा निकै सम्झनलायक प्रदर्शनहरु गरेका छन् । जसमध्ये ईन्डियन प्रिमियर लिगको पहिलो सिजनको दमदार रेकर्ड पनि सामेल छ ।
पाकिस्तानी खेलाडीहरूले आईपीएलको पहिलो सिजनमा भाग लिएका थिए । त्यसपछि भने उनीहरूले कहिले पनि आईपीएल खेल्न पाएनन् । २००८ मा तनवीरले राजस्थान रोयल्सबाट खेलेका थिए । पहिलो सिजनमा नै उनले ११ खेलमा २२ विकेट हासिल गरेका थिए ।
चेन्नई सुपरकिंग्स विरुद्धको फाइनलमा १४ रन खर्चेर ६ विकेट लिनु उनको सर्वोत्कृष्ट प्रदर्शन रहेको थियो । आईपीलमा यो कुनै पनि बलरले गरेको उत्कृष्ट प्रदर्शन थियो । उनको यो कीर्तिमान ११ वर्षसम्म अन्य कुनै बलरले तोड्न सकेनन् ।
पहिलो सिजनमा सर्वाधिक विकेट लिँदै उनले पर्पल क्याप जितेका थिए भने टोलीले आईपीएलको उपाधि पनि हात पारेको थियो ।सन् २०१९ मा मुम्बई इन्डियन्सका अल्जारी जोसेफले हैदराबाद विरुद्ध १२ रन खर्चेर ६ विकेट लिँदै तनवीरको कीर्तिमान भंग गरेका थिए ।