लिग–२ : नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो - Crazysaptahik.com

लिग–२ : नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

आईसीसी विश्वकप लिग–टु अन्तर्गतको सिरिजमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।मंगलबार साँझ युएई गएको नेपाली टोली स्वदेश फर्किएको हो ।

लिग टु सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्किएको छ । युएई भ्रमणका क्रममा नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो । पपुवान्युगिनी र घरेलु टोलीसँग समान २\२ खेल खेलेको थियो ।

जसमा पपुवान्युगिनीसँगका दुवै खेल जितेको थियो भने युएईसँगको पहिलो खेल हारेको थियो । नेपालले पपुवान्युगिनी र युएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दैछ ।  नेपालसँगै युएई पनि नेपालमा हुने सिरिजका लागि आज नै नेपाल आएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवान्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा युएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवान्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टुको अन्तिम खेलमा मार्च १६ (चैत २) मा युएईसँग खेल्नेछ ।

सम्बन्धित खवर