सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो जित निकालेको छ । मंगलबार दिउँसो एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।
चर्च ब्वाइजको जितमा आशिष चापागाईंले दुई र एरिक विष्टले एक गोल गरे । खुमलटारका मेसुके ओलुमोउले एक गोल गरे । जितसँगै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
चर्च ब्वाइजले २ खेलमा ६ अंक जोडेको छ । लिगको पहिलो खेलमा चर्च ब्वाइजले पुलिस क्लबलाई हराएको थियो । अर्को खेलमा थ्री स्टार र फ्रेण्ड्स क्लबले ३–३ गोलको बराबरी खेलेका छन् ।