क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा रेडस्टार माविमा २ दिने अभिभावक अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
आज पथरीशनिश्चरे वडा नं. २ शान्तिचौकमा स्थापित रेडस्टार माविमा बिहिबार उपप्रमुख काफ्लेले गमलामा पानी लगाएर उद्घाटन गर्नुभएको हो । कार्यक्रममा आफ्ना नानीहरूको शिक्षा– दिक्षा सहित उज्वल भविष्यको लागि समयानुकूल माया, प्रेस , स्नेह बाड्दै समुचित अभिभावकत्व प्रदान गर्न समेत अभिभावकहरूलाई उत्प्रेरित गर्दै मनोविमर्श प्रशिक्षक किशोर श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।
जेष्ठ अभिभावक बासुदेव गुरागाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिएन तिम्सिनाले अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।
वडा नं १ का वडाध्यक्ष भीम कुमार राईले पथरीशनिश्चरे–नगर क्षेत्रमा अभिभावक ज्युहरूको लागि अति व्यवस्थित रूपमा प्रेरणादायी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको रेडस्टार मावि परिवारप्रति खुशी लागेको बताउनुभयो । यस्तै वडा सदस्य चन्द्र कुमार राई तथा लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेश कुमार वाछना राईले समेत आफूलाई यस प्रकारको कार्यक्रम आयोजना गरिएकोमा प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक वसन्त मादेन, आई. एस.ए, अवार्ड संयोजक समेत रहनुभएका राजु तिम्सिना, किरात एकेडेमीका प्रिन्सिपल सुजन बास्तोला, बडा नं ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत, वडा नं १० का वडा सदस्य तथा कार्यपालिका सदस्य मिना तामाङ, पथरीशनिश्चरे नगरका पूर्व मेयर दिलिप कुमार राई, पथरी शनिश्चरे स्काउटका रोशन बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।