रेडस्टार माविका छात्र–छात्राहरुलाई लागू औषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम - Crazysaptahik.com

रेडस्टार माविका छात्र–छात्राहरुलाई लागू औषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम


क्रेजी संवादाता,

पथरी , फागुन –२५
ईलाका प्रहरी कार्यलय पथरीद्वारा मोरङको पथरीशनिश्चरे नगरस्थित रेडस्टार माविको कक्षा –११÷ १२ अध्ययनरत विद्यार्थीहरुलाई लागू औषध दुर्व्यसन न्युनिकरण सम्बन्धी कार्यक्रम गरेको छ। बिहीबार समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध दुर्व्यसन न्युनीकरण सम्बन्धी मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न भएको हो।

लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना अभियान अन्तर्गत उक्त विद्यालयका करिब ३सय बढि छात्र छात्राहरुलाई लागू औषध तथा पदार्थ सेवन नगर्न सचेतनामूलक कार्यक्रमको सहजीकरण प्रहरी सहायक निरीक्षक ईश्वर भट्टराईले सहजीकरण गरेका थिए।

रेडस्टार माविका प्रधानाध्यापक टिएन तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक वसन्त मादेन, किराँत एकेडेमीका प्रिन्सिपल समेत रहेका विद्यालयका संस्थापक सदस्य सुजन बास्तोला समेतको उपस्थिति रहेको थियो। पथरीशनिश्चरे नगरक्षेत्रमा विगत ३ वर्षमा प्रतिबन्धित औषधिहरू सहित प्रयोगकर्ताहरु बढ्दै गएको जानकारी दिईएको थियो।

सम्बन्धित खवर