गठबन्धनको घेराबन्दी तोड्दै उज्वल लकान्द्रीको प्यानल - Crazysaptahik.com

गठबन्धनको घेराबन्दी तोड्दै उज्वल लकान्द्रीको प्यानल

संगिता चाम्लिङ राई
पथरी । आसन्न चैत ५ गतेको स्ववियु निर्वाचनमा पथरी शनिश्चरे नपा वडा नं. १ अवस्थित पथरी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको उज्ज्वल लकाद्रीको प्यानल एक्लै भिड्ने भएको छ । तीन दलीय गठबन्धनको घेराबन्दीका बावजुद पनि क्याम्पसमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु एक्लै भिड्ने भएसँगै यसलाई स्थानीय राजनीतिक लडाइँको रूपमा हेरिएको बताइन्छ ।

अनेरास्ववियुको पक्षमा जनमत क्रमशः बढ्न थालेपछि आफू अध्ययनरत पथरी बहुमुखीमा क्याम्पसमा तीन दलीय गठबन्धन गाँठो पर्न थालेको क्याम्पस इकाइँ कमिटी अध्यक्ष रोशन कटुवालले बताएका छन् ।

विद्यार्थी हकाधिकार र सामयिक मुद्दामाथि बहस पैरवी गर्ने अनेरास्ववियुबाट ततर्किदै हाम्राविरुद्ध गतिविधिमा एकरुपता ल्याउन खोज्ने गठबन्धन नेतृत्वको नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारी र नेकपा (एस) निकटको अनेरास्ववियू समाजवादीको घेराबन्दी रहेको छर्लङ देखिन्छ अध्यक्ष कटुवालले थपेका छन् ।

अनेरास्ववियुको तर्फबाट सभापति पदका उमेद्वार उज्वल लकान्द्रीको प्यानलमा रोसन कटुवाल सचिव, सोनिया ग्यावा तामाङ कोषाध्यक्ष, प्रविन पोखरेल सदस्य, क्रमशः अरुण राई, एलिस खड्का, एरिक बस्नेत, जितबहादुर खड्का प्रत्यक्ष तर्फबाट र समानुपातिक तर्फबाट मनिका न्यौपाने, निरन खनाल, सोम्पा तामाङ, सौरभ पौडेल, सुधिरचन्द्र अधिकारी, छिरिङ लामा शेर्पा र अभिषेक बस्नेत भिड्ने भएका हुन् ।

सम्बन्धित खवर