पीएनजीद्वारा यूएईलाई २४७ रनको लक्ष्य - Crazysaptahik.com

पीएनजीद्वारा यूएईलाई २४७ रनको लक्ष्य

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी (पीएनजी) ले यूएईलाई २४७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ गुमाएर २४६ रन बनाएको छ ।

पीएनजीका लागि सेसे बाउ, किप्लीन डोरिगा तथा हिरी हिरीले अर्धशतक बनाए । सेसे बाउले ८१ रन बनाए । त्यस्तै हिरि हिरिले ७७ रन बनाउँदा किप्लीन डोरिगाले ५५ रन बनाए । यूएईका लागि आयान खानले ३ जुनेद सिद्धिकी र जाहोर खानले समान २–२ विकेट लिए ।

कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान ११ विकेट लिए । विश्वकप लिग टूमा ३२ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा छ । पपुवा न्युगिनि ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा छ ।

सम्बन्धित खवर