यूएईमाथि पीएनजीको सहज जित - Crazysaptahik.com

यूएईमाथि पीएनजीको सहज जित

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले यूएईमाथि सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा पीएनजीले यूएईलाई ५६ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएईले ४२ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १९० रन बनायो ।

यूएईका लागि आर्यन लाकरले ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मोहमद वसिमले ४१ रन जोड्दा चन्दनगोपियल रिजवान र जवान फरिदले १९–१९ रन जोडे । बलिङतर्फ पीएनजीका लागि रिले हेकुरेले तीन विकेट लिए । त्यस्तै काबुवा मोरेअ र असाड भालाले दुई–दुई विकेट लिँदा सेमो कामिया र नोरमान भानुवाले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ गुमाएर २४६ रन बनाएको थियो । पीएनजीका लागि सेसे बाउ, किप्लीन डोरिगा तथा हिरी हिरीले अर्धशतक बनाए । सेसे बाउले ८१ रन बनाए । त्यस्तै हिरि हिरिले ७७ रन बनाउँदा किप्लीन डोरिगाले ५५ रन बनाए ।

यूएईका लागि आयान खानले ३ जुनेद सिद्धिकी र जाहोर खानले समान २–२ विकेट लिए । कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान ११ विकेट लिए । जितसँगै विश्वकप लिग–२ मा पीएनजीले ३४ खेलमा ११ अंक जोडेर तालिकाको पुछारमा छ । पराजित यूएईले ३३ खेलमा ३१ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा छ ।

सम्बन्धित खवर