एसी मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा - Crazysaptahik.com

एसी मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो खेलमा टोटेनहमसँग गोलरहित बराबरी खेल्दै मिलान क्वाटरफाइनलमा पुगेको हो ।मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

मिलान अन्तिम पटक सन् २०११–१२ को सिजनमा क्वाटरफाइनलमा पुगेको थियो । मिलानले पहिलो लेगमा १–० को जित निकालेको थियो । प्रिमियर लिग क्लब टोटेनहम खेलको ७७ औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो । क्रिस्टियन रोमेरो दोहोरो पहेलो कार्ड खाँदै बाहिरिएका थिए ।

सम्बन्धित खवर