एसियन कप छनोट : नेपालको विजयी सुरुवात, प्यालेस्टाइन ६–० गोल अन्तरले पराजित - Crazysaptahik.com

एसियन कप छनोट : नेपालको विजयी सुरुवात, प्यालेस्टाइन ६–० गोल अन्तरले पराजित

दीपा शाहीको ह्याट्रिक र गरिमा राईको दुई गोलको सहयोगमा बुधवार नेपाली यु–२० महिला टोलीले घरेलु टोली प्यालेस्टाइनलाई ६–० गोल अन्तरले पराजित गर्दै एसियन कप छनोट खेलमा सानदार सुरुवात गरेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजना हुन लागेको छनोट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले आयोजक टोलीमाथि जित निकाल्न सफल भएको हो ।

यससँगै नेपालले पहिलो खेलबाट महत्त्वपूर्ण तीन अङ्क जोड्न सफल भएको छ । फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधवार सम्पन्न खेलमा नेपाललाई सानदार जित दिलाउन दीपा शाहीले ह्याट्रिक पूरा गर्दा गरिमा राईले दुई तथा एक गोल उपहार पाएको थियो ।

खेलको सुरुवातबाट हाबी भएको नेपालले खेलको २१ औँ मिनेटमा दीपाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । २९ औँ मिनेटमा गरिमाले टोलीको अग्रता दोब्बर बनाउँदा पहिलो हाफमा नेपालले २–० ले अगाडि रहेको थियो । त्यसपछि नेपालले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो ।

६४ औँ मिनेटमा दीपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३–० ले अघि बढ्यो । ७५ औँ मिनेटमा दीपाले ह्याट्रिक पूरा गर्दै नेपालको अग्रता ४–० को अवस्थामा पु¥याउँदा ८३ औँ मिनेटमा गरिमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गर्न सफल भइन् ।

८५ औँ मिनेटमा प्यालेस्टाइनकी गोलकिपर शारलोट फिलिप्सले आत्मघाती गोल गर्दा नेपालले ६–० को फराकिलो जित निकाल्न सफल भएको हो । नेपाल छनोटको समूह ‘बी’ प्यालेस्टाइन नर्दन मारियाना आइसल्यान्डसँगै छ । यो समूहमा रहेको संयुक्त अरब इमिरेट् (युएई) ले भने नामा फिर्ता लिएको थियो ।

नेपालले दोस्रो खेल सोमवार नर्दन मारियान आइसल्यान्डसँग खेल्नेछ । समूहको शीर्ष स्थान रहने टोलीले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ ।

सम्बन्धित खवर