’ए’ डिभिजन लिग : चर्च ब्वाइजको जित - Crazysaptahik.com

’ए’ डिभिजन लिग : चर्च ब्वाइजको जित

चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराएको हो । चर्च ब्वाइजको जितमा आशिष चौधरीले निर्णायक गोल गरे ।

खेलको २० औं मिनेटमा आशिषले निर्णायक गोल गरेका हुन् । जितसँगै चर्च ब्वाइजले ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा कायम छ । हिमालयनको यो पहिलो हार हो । हिमालयनले ३ खेलमा ४ अंक जोडेको छ । यसअघि भएको अर्को खेलमा थ्री स्टारले खुमलटारलाई हराएको छ ।

सम्बन्धित खवर