ए डिभिजन लिगमा  तीन खेल - Crazysaptahik.com

ए डिभिजन लिगमा  तीन खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् । तीन खेलमध्ये एक खेल च्यासल मैदानमा हुँदैछ भने दुई खेल दशरथ रंगशालामा हुँदैछ । च्यासलमा हुने खेलमा नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिस र संकटाबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । यता दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र जावलाखेलबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र सातदोबाटोबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

सम्बन्धित खवर