दिपेन्द्रले दिलाए नेपाललाई दोस्रो सफलता - Crazysaptahik.com

दिपेन्द्रले दिलाए नेपाललाई दोस्रो सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध दोस्रो विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले तेस्रो ओभरमा आफ्नो दोस्रो विकेट गुमाएको हो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका हुन् । उनले यूएईका आर्यन लाकरलाई तेस्रो ओभरको चौथो बलमा बोल्ड आउट गराए । यसअघि नेपालका लागि पहिलो ओभरमा ललित नारायण राजवंसीले यूएईका भ्रिटिय अर्भिन्दलाई बोल्ड आउट गराएका थिए ।

 

सम्बन्धित खवर