ललितको कसिलो बलिङ, लिए चौथो विकेट - Crazysaptahik.com

ललितको कसिलो बलिङ, लिए चौथो विकेट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध नवौं सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २३ औं ओभरमा आफ्नो नवौं विकेट गुमाएको हो ।

नेपालका ललित राजवंसीले जनइद सिद्धगीलाई एलबीडब्लू आउट गराएका हुन् ।यसअघि नेपालका लागि गुलशन झाले २२ औं ओभरको पहिलो बलमा आश्वन्त भालथापालाई आठौं विकेटको रुपमा १४ रनमा क्याच आउट गराएका थिए ।

सम्बन्धित खवर