कोहलीको शतकको खडेरी अन्त्य - Crazysaptahik.com

कोहलीको शतकको खडेरी अन्त्य

अष्ट्रेलियाविरुद्धको चौथो टेस्टमा भारतीय ब्याट्सम्यान विराट कोहलीले शतक प्रहार गरेका छन् । करिब तीन वर्षपछि टेस्ट क्रिकेटमा विराटको ब्याटबाट शतक बनेको छ । तेस्रो नम्बरमा ब्याटिङ गर्दा विराटले पाँच चौकाको मद्दतले शतक पुरा गरेका थिए ।

यसअघि नोभेम्बर २०१९ मा विराट कोहलीले बंगलादेशविरुद्ध १३६ रन बनाएका थिए। यो खेल कोलकाताको इडेन गार्डेनमा भएको थियो । चार खेलको सिरिजमा भारत अहिले २–१ ले अगाडि छ । खेलको आज चौथो दिन हो ।

बोर्डर गावस्कर ट्रफीको अन्तिम खेल अहमदाबादमा भइरहेको छ । यसअघि शनिबार उनी घरेलु मैदानमा टेस्ट क्रिकेटमा ४ हजार रन बनाउने पाँचौँ भारतीय ब्याट्सम्यान पनि बनेका छन् । कोहलीले अहिलेसम्म १०८ टेस्ट खेलमा २८ शतक बनाएका छन् ।

सम्बन्धित खवर