शालाह पेनाल्टीमा चुक्दा लिभरपुल पराजित - Crazysaptahik.com

शालाह पेनाल्टीमा चुक्दा लिभरपुल पराजित

मोहमद शालाहले पेनाल्टीबाट गोल गर्न नसक्दा लिभरपुल बोर्नेमाउथसँग पराजित भएको छ । पराजयसँगै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने लिभरपुलको सम्भावना धक्का लागेको छ । बोर्नेमाउथ भने रेलिगेसन जोनबाट माथि उक्लेको छ ।

गत हप्ता म्यानचेस्टर युनाइटेडमाथि ७–० को शानदार जीत हासिल गरेको लिभरपुल पहिलो हाफमा नै पछि परेको थियो । खेलको २८ औँ मिनेटमा फिलिप बिलिङले गोल गरेका थिए । उनले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।

दोस्रो हाफमा लिभरपुलले पेनाल्टीबाट खेलमा फर्किने मौका पाए पनि लिभरपुलका सर्वाधिक गोलकर्ता शालाह गोल गर्नबाट चुकेका थिए । २६ खेलबाट लिभरपुलको ४२ अंकसहिल लिगको पाचौँ स्थानमा रहेको छ । बोर्नेमाउथ २४ अंकसहित लिगको १६ औँ स्थानमा छ ।

सम्बन्धित खवर