अर्लिङ हालाण्डको निर्णायक गोलमा म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन हालाण्डले निर्णायक गोल गरे ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको सिटीका लागि दोस्रो हाफमा हालाण्डले गोल गरेका हुन् । खेलको ७८ औं मिनेटमा हालाण्डले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै सिटीले २७ खेलमा ६१ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ । क्रिस्टल २७ अंक जोडेर १२ औं स्थानमा छ ।