उपाधितर्फ लम्किँदै नापोली - Crazysaptahik.com

उपाधितर्फ लम्किँदै नापोली

गत हप्ता लाजियोसँग पराजित भएको नापोलीले शनिबार एटलान्टालाई हराउँदै इटालियन सिरिए ए को उपाधितर्फको यात्रालाई जारी राखेको छ । शीर्ष स्थानमा रहेको नापोली २–० गोलले विजयी भएको हो ।

पहिलो हाफमा एटलान्टाले नापोलीलाई रोके पनि दोस्रो हाफमा ख्भीचा क्भारात्स्खेलिया र अमिर राहमानीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे। लिगमा नापोलीको यो २२ औँ जीत थियो । जीतसँगै १२ खेल बाँकी छँदा नापोली १८ अंकले अघि रहेको छ । एटलान्टा भने लिगको छैटौँ स्थानमा सीमित रहेको छ ।

सम्बन्धित खवर