चेल्सीको लगातार तेस्रो जीत - Crazysaptahik.com

चेल्सीको लगातार तेस्रो जीत

लगातार तेस्रो जीत हासिल गर्दै चेल्सीले प्रिमियर लिगमा आफ्नो पुनरागमन जारी राखेको छ । शनिबार चेल्सीले लेस्टर सिटीलाई ३–१ गोलले हरायो । लेस्टरको यो लगातार पाँचौँ पराजित थियो । खेलको ११ औँ मिनेटमा बेन चिलवेलले चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर प्याटसन डाकाले लेस्टरका लागि बराबरी गोल फर्काएका थिए । पहिलो हाफको इन्जुरीमा समयमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । सबै प्रतियोगितामा ८ गोल गरेका हाभर्टज यो सिजन चेल्सीका सर्वाधिक गोलकर्ता हुन् । दोस्रो हाफमा मोटेयो कोभाचिचले चेल्सीलाई तेस्रो गोल गर्दै जीत सुनिश्चित गरे ।

खेलको ८७ औँ मिनेटमा वोट फेइसले दोस्रो पहेँलो कार्ड पाएपछि लेस्टर १० खेलाडीमा सीमित बनेको थियो । जीतसँगै चेल्सी ३७ अंकसहित लिगको १० औँ स्थानमा कायम छ भने लेस्टर २४ अंकसहित रेलिगेसन क्षेत्रभन्दा मात्र १ अंकले बाहिर रहेको छ ।

सम्बन्धित खवर