चौथो टेस्ट बराबरी, अस्ट्रेलियासँगै भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा - Crazysaptahik.com

चौथो टेस्ट बराबरी, अस्ट्रेलियासँगै भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

भारत र अस्ट्रेलियाबीच भएको बोर्डर गावस्कर सिरिजको चौथो र अन्तिम खेल बराबरीमा सकिएको छ । योसँगै भारतले यो सिरिज २–१ ले जितेको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४८० रन बनाएको थियो । जवाफमा भारतले ५७१ रन बनायो ।

खेलको दोस्रो इनिङ्समा अस्ट्रेलियाले २ विकेट गुमाएर १७५ रन बनाएपछि खेल बराबरीमा सकियो । १ सय ८६ रन बनाएका विराट कोहली प्लेअर अफ द म्याच चुनिए भने रवीचन्द्रन आश्विन प्लेयर अफ द सिरिज बने । दुवै टोली विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा जुन ७ मा भिड्नेछन् ।

खेल लण्डनको ओभल स्टेडियममा हुनेछ । दुई टेस्टको शृङ्खलाको पहिलो खेलमा न्यूजिल्याण्डले श्रीलङ्कालाई दुई विकेटले पराजित गरेपछि भारत अंक तालिकामा अगाडि बढ्दै च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

सम्बन्धित खवर